असोज ११, काठमाडौँ । मकवानपुरस्थित
कुलेखानी जलविद्युत आयोजनाको जलाशय जसलाई इन्द्रसरोबर ताल भनेर पनि चिनिन्छ सोही
ताल केही समयदेखि परेको लगातारको वर्षाका कारण भरिन लागेको छ ।
अबको ७–८ घण्टामै कुलेखानी जलाशय भरिने
सम्भावना देखिएको कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टले
जनाएका छन ।
राष्ट्रिय
विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कुलेखानीको क्षमताभन्दा
बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय
क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सामान्य अवस्थामा ताल भरिएर पानि ओभर फ्लो भइ माथीबाट
जाने गर्छ तर यदी आकस्मिक
अवस्था आएको खण्डमा बाँधको गेट पनि खोल्नुपर्ने हुने सक्छ ।
- न्युज बहार संवाददाता