असार २१, काठमाडौँ। प्रहरीले ललितपुरमा १६ वर्षीया नाबालिगको बलात्कार
भएको घटनामा लर्ड अफ ड्रिंक्स ‘एलओडी’ क्लबका दुई
सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ।
ललितपुर
जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ
पुर्जी जारी गरेको स्रोतले जनाएको छ।
सञ्चालकहरू राजुसिंह सुवाल र रुदिलबल्लव श्रेष्ठ विरूद्ध पुर्जी जारी भएको छ।
कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा रहेकोले उनिहरु विरुद्ध
पक्राउ पुर्जि जारी गरिएको प्रहरीले बताएको छ।
गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको र त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई दिएको जानकारी अनुसार बलत्कार आरोपमा बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बस्ने पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए।
नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेको र प्रहरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरू विरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।
- न्युज बहार संवाददाता