Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भोलीको निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा

  •   ५ महिना अघि | २० फाल्गुन २०८२, बुधबार

फागुन २०, काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले देशभरका मतदान केन्द्रहरूमा आवश्यक सामग्री सुरक्षित रूपमा पु¥याइसकिएको जानकारी दिए ।

उनका अनुसार २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलनपछिको विशेष परिस्थितिमा घोषणा गरिएको यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासयोग्य बनाउन आयोग सक्रियतापूर्वक लागिपरेको छ । फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर मतदान सञ्चालन हुने तय भएको उनले बताए ।

मतपत्र, मतपेटिका लगायत सबै आवश्यक सामग्री सम्बन्धित केन्द्रहरूमा पुर्‍याइएको र मतदान स्थलहरूको निर्माण तथा व्यवस्थापन सम्पन्न भइसकेको जानकारी पनि उनले दिए । साथै, मतदान केन्द्रहरूलाई लैंगिक तथा अपाङ्गमैत्री बनाउँदै सबै मतदाताले सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको उनले स्पष्ट पारे ।

  • न्युज बहार संवाददाता

थप