कार्तिक १३, काठामाडौँ । बाराका एक जना शिक्षकमाथि गोली प्रहार भएको छ।
सोमबार दिउँसो करिब सवा १ बजेतिर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि मोटरसाइकल चढेर आएका व्यक्तिहरूले गोली प्रहार गरेका हुन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार उनको टाउको र घाँटीमा गोली लागेको छ ।
कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर गोली लागेर घाइते भएका स्वर्णकारलाई थप उपचारका लागि वीरगञ्ज लगिएको छ।
- न्युज बहार संवाददाता