साउन ६, जनकपुर । जनकपुर सुरक्षा अस्पतालमा महिलाको मृत्यु भएको छ। जनकपुरधामको रामानन्दचोकमा रहेको जनकपुर सुरक्षा अस्पतालमा उपचारको क्रममा एक जना महिलाको मृत्यु भएपछि चिकित्सक भागेका हुन।
उक्त घटनापश्चात चिकित्सकहरु अस्पताल छाडेर भागेका छन भने अस्पतालमा भएका बिरामीलाई अन्यत्र सारेर अस्पताल क्षत्रमा ताला लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) एविश्वराज खड्काले बताएका छन ।
मृत्यु भएकी महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका १५ कप्लेश्वरकी २८ वर्षीया सोनिया साह गत बुधबार दिउँसो पाठेघरमा घाउँ भएपछि शल्यक्रियाका लागि त्याहाँ भर्ना भएकी थिइन भने उनको शुक्रबार दिउँसो मृत्यु भएको थियो ।
- न्युज बहार संवाददाता