जेठ ३१, हेटौंडा । करिब ५४ लाख ४८ हजार
रुपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा
लिएको छ ।
प्रहरीले आज बिहान करिब ३ बजेको समयमा विशेष सूचनाको आधारमा
वीरगञ्जका २२ वर्षीय किसन साहलाई सुनसहित नियन्त्रणमा लिएको हो ।
हेटौंडा–१५ स्थित रातोमाटे चेकपोष्टमा यात्रुबाहक बसमा चेकजाँच गर्ने
क्रममा ५६१.३० ग्राम सुनसहित उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको
टोलीले पक्राउ गरेको हो।
उनले उक्त सुन जुत्ताको नोकभित्र लुकाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका
प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका
छन ।
- न्युज बहार संवाददाता