असार २९, विराटनगर । आज सप्तकोशीको पुलबाट एक ट्रक नदीमा खसेको छ।
आज बिहान बससँग ठोक्किएर ट्रक सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा नदीमा खसेको प्रहरीले जनाएको छ । नदीमा खसेको ट्रक बेपत्ता भएको छ भने ट्रकमा सवार रहेका तीन जनालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
- न्युज बहार संवाददाता