बैशाख ३१, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी
कार्यालयको टोलीले दुई व्यक्ती लाई पक्राउ गरेको छ। दुई भारतीय नागरिकलाई सुनसहित पक्राउ
गरेको प्रहरीले जनाएको छ ।
पक्राउ
पर्नेमा ३४ वर्षीय मोहनकुमार गणेशन र ३३ वर्षीय सुरेश कुमार रहेका छन्।
उनीहरू
सोमबार बिहान करिब ३ बजे फ्लाइ दुबईको एफजेट ५७५ नम्बरको विमानबाट काठमाडौँ ओर्लिएका र शंकास्पद देखिएपछि कपडा जाँच गर्नेक्रममा लकपडामा सुनका लेपन लगाइएको फेला
पारेको कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलले जनाएका छन
।
पक्राउ परेकाहरुले प्रहरीलाई उनीहरूले नयाँ कपडा किन्दा नै कपडामा
सुन लेपन रहेको बयान दिएका छन् ।
प्रहरीले
यसबारे थप अनुसन्धान गर्न उनीहरूलाई भन्सारमा बुझाउने तयारी गरिरहेको छ।
- न्युज बहार संवाददाता