Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

स्कुलबाट बालबालिका लिएर फर्किदै गरेका महिलाहरुलाई टार्गेट गरेर सुनको सिक्री लुटपाट गर्ने समुह पक्राउ।

  •   ३ वर्ष अघि | २६ असार २०८०, मङ्लबार

असार २६, ललितपुर। प्रहरीले स्कुलमा बालबालिका लिन गएका महिलाहरुलाई टार्गेट गरेर घाँटीमा लगाएको सिक्री लुटपाट गर्ने समूहलाई पक्राउ गरेको छ ।

असार १७ देखि १९ गतेसम्म ललितपुर महानगरपालिकामा यस्ता चार वटा घटना भएको थियो । प्रहरीले सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने एकै व्यक्ती लोलिनकाजी महर्जन भएको बताएको छ ।

६ वटा चोरी मुद्दा र २ लागु औषध मुद्दामा पक्राउ परेका उनले अन्य दुई जनाको सहयोगमा लुटपाट वा लुटपाट प्रयास गरेका खुल्न आएको छ ।

बालबालिकालाई छोडेर प्रतिकार गर्न नसकिहाल्ने हुनाले यस्ता मान्छेलाई टार्गेट बनाएको ललितपुर प्रहरीले जनाएको छ।

  • न्युज बहार संवाददाता

थप