जेठ
२३, नवलपरासी। नवलपरासीको प्रतापपुर गाउँपालिकामा दुई जनाको विभत्स हत्या भएको छ। प्रतापपुर
गाउँपालिकामा एक दम्पतीको विभत्स हत्या भएको हो।
जिल्ला
प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले प्रतापपुर वडा नं. ८
पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको विभत्स
हत्या भएको जानकारी दिएका छन।
हिजो सोमबार राति उनिहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या भएको सिलवालले बताएका छन।
हत्याको कारण भने खुल्न नसकेको र अहिले अनुसन्धान भइरहेको उनले बताएक छन।
- न्युज बहार संवाददाता