Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

हामी सत्यबाट भाग्न खोजिरहेका छौँ, जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ: सन्तोष परियार

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

वैशाख ३०, काठमाडौँ । जातीय विभेद छैन भनेर सत्यलाई लुकाउन खोजेको आरोप राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले लगाएका छन् ।

सांसद परियारले आजको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै भने, ‘जातीय विभेद छैन भन्दै सत्यलाई लुकाउन खोजिएको छ, हामी दिउँसै रात पार्न खोजेका छौँ । सत्यबाट भाग्न खोजिरहेका छौँ।’ 

विभेद छैन भनेपछि न्याय दिन पर्दैन भनेर पनि भाग्न खोजेको आरोप सांसद परियारले लगाएका छन । उनका अनुसार राज्यले अहिलेसम्म नेपाली समाजको वास्तविक समस्याको पहिचान गर्न सकेका छैन । परियारले समाजको वास्तविक समस्या राज्यले बुझ्न नसक्दा नागरिक र राज्यबिच सम्बन्ध बलियो हुन नसकेको दाबी समेत गरेका छन । 

  • न्युज बहार संवाददाता

थप