Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँ महानगरले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको छ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

  •   ३ वर्ष अघि | २९ मंसिर २०८०, शुक्रबार

मंसिर २९, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरेको सकारात्मक कामबाट संघीय सरकारलाई पनि उत्प्रेरणा मिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

काठमाडौँ महानगरपालिकाले २९ औं महानगर दिवसका अवसरमा गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले महानगरले गरेका सकारात्मक कामहरू आफूले नियालीरहेको र यसले संघीय सरकारलाई पनि प्रेरणा दिएको बताएका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने ‘शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सांस्कृतिक सम्पदाहरू संरक्षण, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ, यसले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ ।

महानगरको नेतृत्व र टिमलाई उनले सकारात्मक कार्यमा अविचलित भई अगाडि बढ्नका लागि अपिलसमेत गरेका छन ।

  • न्युज बहार संवाददाता

थप