Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

राप्रपाले फागुनदेखि राजधानी केन्द्रित ठूला–ठूला प्रर्दशनहरु आयोजना गर्छ : राजेन्द्र लिङ्देन

  •   ३ वर्ष अघि | २७ पुस २०८०, शुक्रबार

पुस २७, काठमाडौँ । माघदेखि राप्रपाले गर्ने सडक आन्दोलनको मार्गचित्र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले खुलाएका छन् ।

राप्रपाले आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको चियापान कार्यक्रमको समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, संवैधानिक राजसंस्था, प्रदेशको खारेजी लगायतका माग राखेर सडक संघर्षमा जाने खुलाएका छन ।

उनले देशमा बढिरहेको भ्रष्टाचार तथा अहिलेको व्यवस्थामा भएका खराबीविरुद्ध आन्दोलन गर्ने बताएका हुन् । 

अहिलेदेखिनै आन्दोलनको तयारी गरेको बताउँदै फागुनदेखि देखिनेगरी आन्दोलन गर्ने उल्लेख अध्यक्ष लिङ्देनले गरेका छन ।

लिङ्देनले भने,‘माघ महिनाभरि तयारी पुरा गरेर फागुनदेखि राजधानी केन्द्रित आन्दोलन गर्छौँ, ठूलाठूला प्रर्दशनहरु आयोजना गर्छौँ तर आन्दोलन विल्कुल शान्तिपूर्ण अहिंसात्मक रुपले जनदबाब सिर्जना गर्ने ढंगको हुनेछ । सरकारले दमन गर्‍यो भने त्यो भड्किन सक्छ, अहिले हामी त्यसको अनुमान गर्न सक्दैनौँ । हाम्रो तर्फबाट शान्तिपूर्ण हुनेछ ।

  • न्युज बहार संवाददाता

थप