भदौ
२८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र
पार्टीकी नेत्री सुमना श्रेष्ठले आफू अन्तरिम मन्त्रीमण्डलमा सहभागी नहुने स्पष्ट
रुपमा जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै
उनले मन्त्री नबनिए पनि सरकारलाई पूर्ण समर्थन रहने बताएकी छन्।
श्रेष्ठले आफ्नो पोस्टमा उल्लेख गरेकी
छन्, "म अन्तरिम
मन्त्रीमण्डलमा सहभागी हुने छैन। तर, मेरो यस सरकारप्रति
पूर्ण समर्थन रहनेछ।"
उनले सरकारलाई असफल
हुन दिने कुनै विकल्प नरहेको उल्लेख गर्दै,
आफू
पृष्ठभूमिमा बसेर आफ्नो अनुभव, सञ्जाल र समय दिएर
सरकारलाई सफल बनाउन योगदान दिने प्रतिवद्धता व्यक्त गरेकी छन्।
- न्युज बहार संवाददाता