Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

९.९९ अंकले घटेको नेप्सेमा सर्वाधिक बढ्ने उपसमूह कुन हो?

  •   २ वर्ष अघि | १६ मंसिर २०८१, आइतवार

मंसिर १६, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०६ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने सामान्य बृद्धी भएको छ। बजारमा यस दिन ३१४ स्टकको ८२ हजार ६०२ पटकको कारोबारमा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको हो।

यस दिन विशाल बजार कम्पनी लगायत ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने यस दिन जानकी फाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा एक्सेल डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। उक्त कमपनिको आज ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबक्री भएको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ।

यस दिन सर्वाधिक ९.०७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक २.९६ प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ। 

  • न्युज बहार संवाददाता

थप