Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

ट्रेड टावर लिमिटेडको आईपीओ बाँडफाँट, तपाईलाई पर्यो कि परेन?

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

असार १, काठमाडौँ ।  ट्रेड टावर लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको आईपीओ होटल क्रिष्टल गौशाला काठमाडौँमा  बाँडफाँट भएको हो।

गत जेठ १४ गतेदेखि २० गतेसम्म कम्पनीले सर्वसाधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता आईपीओ निष्काशन गरेको थियो।

कुल २० लाख ७४ हजार २८५ जनाले सो निष्काशनमा २ करोड ४१ लाख १७ हजार ४८० कित्ता शेयरका लागि आवेदन दिएका थिए। त्यीमध्ये १४ हजार ८९७ आवेदन रद्द भएका छन् भने २० लाख ५९ हजार ३८८ आवेदन स्वीकृत भएका छन्।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको छ। जसअनुसार ३ लाख २९ हजार ६५० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष रहेको ५.१९ कित्तामध्ये ५ जनालाई ११ कित्ताका दरले र एक जनालाई ०.१९ कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

लगानीकर्ताले कम्पनिको आईपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट हेर्न सक्नेछन्। 

त्यसका साथै कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ।

  • न्युज बहार संवाददाता

थप