Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज पनि घट्यो शेयर बजार, कारोबार रकम पनि घट्दै

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

जेठ १७, काठमाडौँ । नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक १९.८९ अंक( ०.९५ प्रतिशत)ले घटेर २०६९.५३ विन्दुमा बन्द भएको हो ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बजारमा यस दिन ३११ स्टकको ६१ हजार ७२ पटकको कारोबारमा ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँ बराबरको ९८ लाख ६४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन नेप्से घट्दा पनि चार स्टक भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र नेपाल फाइनान्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

पोखरा फाइनान्सको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त शेयरको यस दिन १९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक घटेको  भने ३ उपसमूहको परिसूचक बढेको छ ।

यस दिन सर्वाधिक १.२३ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। 

  • न्युज बहार संवाददाता

थप