पुस २६, काठमाडौँ । सरकारी खातामा पछिल्लो दुई दिनमा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ।
पुस २४
गते १७ अर्ब ४० करोड ९८ लाख र पुस २५ गते ११ अर्ब ४५ करोड ९५
लाख रूपैयाँ राजस्व संकलन भएको सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा
नियन्त्रको कार्यालयको तथ्यांकले जनाएको छ ।
औसत
दिनको तुलनामा हरेको महिनाको २३, २४ र २५ गते बढी राजस्व संकलन हुने गरेको छ ।
हरेक
महिनाको कारोबार विवरण महिना समाप्त भएको २५ गतेभित्र करदाताले आन्तरिक राजस्व
कार्यालयमा बुझाएर मूल्य अभिवृद्धि कर दाखिला गर्नु व्यवस्था रहेको छ भने त्यस्तै
अग्रिम (टिडिएस) पनि २५ गतेभित्र नै बुझाउनु पर्ने व्यवस्था ।
अर्थ
मन्त्रालयका अधिकारीका अनुसार यो पटक भने नेपाल राष्ट्र बैंकको आम्दानीबाट सरकारले
पाउनुपर्ने लाभांश पनि यही समयमा आएको कारण राजस्व तुलनात्मक रूपमा बढी देखिएको हो
।
मंगलबार गैर
कर राजस्व १० अर्ब ३७ करोड ९८ लाख र कर राजस्व सात अर्ब तीन करोड उठेको थियो। राष्ट्र
बैंकले गैर कर राजस्व मध्ये १० अर्ब रूपैयाँ लाभांशबापतको रकम राजस्व खातामा जम्मा
गरेको हो। गैर कर राजस्व अन्तर्गत ब्याज, जरिवाना, लाभांश, रोयल्टी लगायतको रकम पर्छ।
त्यस्तै हिजो बुधबार एक अर्ब २४ करोड ८५ लाख रूपैयाँ गैर कर राजस्व
र १० अर्ब २१ करोड १० लाख रूपैयाँ कर राजस्व
उठेको छ।
- न्युज बहार संवाददाता