साउन ६, काठमाडौँ । नेपाली भान्साको परिचित मसला हो मरिच । मरिच नेपालीको लागि चिरपरिचित मसलाको अन्तर्गत पर्छ । नेपालमा यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । पहिलो पटक नेपालमा उत्पादित मरिच नेपालबाट फ्रान्स निर्यात भएको छ ।
भन्सार
विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक तथ्याङ्कले यस्तो
देखाएको हो । विभागको उक्त तथ्याङ्क
अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा नेपालले फ्रान्समा १ लाख ३९ हजार रुपैयाँको २५०
केजी मरिच निर्यात गरेको छ ।
अहिले
सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालले पहिलो पटक विश्वमा एक मात्रै मुलुकमा मरिच
निर्यात गरेको हो ।
- न्युज बहार संवाददाता