Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्सेमा आज पनि सामान्य गिरावट

  •   २ वर्ष अघि | २१ चैत्र २०८०, बुधबार

चैत २१, काठमाडौँ ।  बुधबार पनि शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । पछिल्लो ३ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्सेले यस दिन पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ३.४३ अंक(०.१७ प्रतिशत) घटेर २००६.७८ विन्दुमा बन्द भएको छ।

यस दिन नेप्से घटेपनि कारोबार रकम भने सामान्य बढेको छ। यस दिन बजारमा ३२२ स्टकको ५२ हजार ६५ पटकको कारोबारमा २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज शेयरमूल्य सर्वाधिक बढेका शीर्ष १० कम्पनीहरुमा सूचीमा ९ लघुवित्त कम्पनीहरु रहेका छन्। यसदिन गुराँस लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ । आज शेयरमुल्य सर्वाधिक (४.४० प्रतिशत)ले घट्नेमा रिभर फल्स पावर लिमिटेड रहेको छ।

यस दिन कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । यस दिन यस कम्पनिको २५ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

आज बुधबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमुहको परिसुचक घटेको छ । आज सर्वाधिक १.६५ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ।

आज कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.७४ प्रतिशतले घटेको छ। 

  • न्युज बहार संवाददाता

थप