असार
२, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक १७.०४ अंक(०.८० प्रतिसत) घटेर २०९५.२५
विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ९९७
पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार
कित्ता शेयर खरिदबिक्री भएको हो ।
घटेको नेप्सेमा यस दिन
एक स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्सको यस दिन शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन भगवती हाइड्रोपावरको शेयर भने
नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
यस दिन कारोबार रकमका
आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन ३० करोड ४०
लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको
परिसूचक घटेको छ भने होटल तथा पयर्टन उपसमूहको परिसूचक बढेको छ । यस दिन होटल तथा
पर्यटन उपसमूहको परिसूचक ०.०४ प्रतिशतले बढेको हो । आज सर्वाधिक १.७१ प्रतिशतले लघुवित्त
उपसमूहको परिसूचक घटेको छ ।
- न्युज बहार संवाददाता