जेठ १३, काठमाडौँ । आज मंगलबार नेप्से परिसूचक स्थिर रहेको छ।
नेप्से
मंगलबार २६७५.६२ विन्दुमा बन्द भएको हो।
यसदिन
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
बजारमा यस दिन आज ३१८
वटा धितोपत्रको एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेचबाट ६ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। ओम मेगाश्री फर्मास्युटिकल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, भूगोल इनर्जी, ग्रीन डेभलपमेन्ट
बैंक र पियोर इनर्जीको मूल्य १० र ९.९९ प्रतिशतका दरले बढेको छ।
आज
कारोबारमा आएको गुराँस लघुवित्तको मूल्य सर्वाधिक ८.०१ प्रतिशतले घटेको छ।
आज कारोबार रकमको आधारमा युनिभर्सल पावर शिर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको ६३ करोड ५८ लाख रूपैयाँको सेयर
कारोबार भएको हो।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको बढेको छ
भने बाँकी ६ समूहको परिसूचक घटेको छ। यसदिन सर्वाधिक १.७६ प्रतिशतले विकास
बैंक समूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता