बैशाख
२५, काठमाडौँ । आज मंगलबार साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले
बढेको छ ।
यस
दिन नेप्से परिसूचक २.०६ अंक(०.१० प्रतिशत) बढेर १९६०.८१ विन्दुमा बन्द भएको छ।
यस
दिन नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। बजारमा यस दिन ३१४ स्टकको ३८ हजार २१४
पटकको कारोबारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता शेयर
खरिदबिक्री भएको छ।
आज नेप्सेमा लघुवित्त उपसुचकमा
लगानीकर्ताहरुको आकर्षण देखिएको छ। शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरुको सूचीमा ९
वटा कम्पनि लघुवित्त रहेका छन्। आज हिमालयन लघुवित्तको शेयर सकारात्मक सर्किट
लेभलमा कारोबार भएको छ भने बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सर्वाधिक ६.२३
प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष
स्थानमा रहेको छ। उक्त फाइनान्सको यस दिन ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर
खरिदबिक्री भएको छ।
आज अधिकांश लघुवित्त
कम्पनीहरुको शेयरमूल्य बढेकाले लघुवित्त उपसमूहको परिसूचक यस दिन अरु उपसमूहको
तुलनामा उच्च दरमा सर्वाधिक २.४३ प्रतिशतले बढेको छ। यस दिन कारोबारमा आएका वित्त
र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
- न्युज बहार संवाददाता