Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

२३.८१ अंकले घट्यो नेप्से

  •   २ वर्ष अघि | १६ जेष्ठ २०८१, बुधबार

जेठ १६, काठमाडौँ । नेप्से परिसूचक बजेट पछिको पहिलो कारोबार दिन घटेर बन्द भएको छ । आज नेप्से घटेर २१०० विन्दुभन्दा तल झरेको छ।

आज बजार परिसूचक २३.८१ अंकले घटेर २०८९.४२ विन्दुमा बन्द भएको हो।

नेप्से घट्दा कारोबार रकम भने बढेको छ। यस दिन ३१४ स्टकको ६३ हजार ८० पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको हो ।

आज ४ स्टक युनिलिभर नेपाल,  अप्पर लोहोरे खोला हाइड्रोपावर, कालिञ्चोक दर्शनभगवती हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४१ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।

आज म्युचुअल फण्ड उपसमूहको परिसूचक स्थिर रहेको छ ।

आज सर्वाधिक २.६८ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने सर्वाधिक २.९४ प्रतिशतले बैंकिङ्ग उपसमूहको परिसूचक घटेको छ।

 

 

  • न्युज बहार संवाददाता

थप