भदौं
१८, काठमाडौँ । आज मंगलबार शेयर बजार परिसुचक ६.९४ अंकले बढेको छ ।
यस दिन नेप्सेसँगै अघिल्लो
दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ। बजारमा यस दिन ३२८ स्टकको १ लाख
४४ हजार १९७ पटकको कारोबारमा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ बराबरको ३ करोड ५ लाख
९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से सामान्य अंक बढ्दा
पनि यस दिन ११ कम्पनिका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छ। यस दिन विन्ध्यबासिनी
हाइड्रोपावर, मातृभूमि
लघुवित्त, एनएलजी
इन्स्योरेन्स, कर्पोरेट
डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, इष्टर्न हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट
बैंक र
आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सर्वाधिक
८.८६ प्रतिशतले आज कारोबारमा आएको हिमालयन पावर पार्टनरको शेयरमूल्य घटेको छ।
यस दिन कारोबार रकमका
आधारमा एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। उक्त इन्स्योरेन्सको आज ३४
करोड ७२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज
कारोबारमा आएका १३ उपसमुह मध्ये लगानीकर्ताहरु निर्जीवन बीमा कम्पनीतर्फ आकर्षित
भएका छन्। आज निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ।
आज
अन्य ४ उपसुमहको परिसुचक उपसमूहको परिसूचक पनि बढेको छ। यस दिन सर्वाधिक १.५७
प्रतिशतले वित्त उपसमूहको परिसूचक घटेको छ।
- न्युज बहार संवाददाता