माघ
२०, काठमाडौँ । आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेको
छ ।
आइतबार
नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ विन्दुमा बन्द भएको हो ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि उच्च बढेको छ। बजारमा यस दिन ३३० स्टकको १ लाख ३० हजार ९१३ पटकको
कारोबारमा १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँबराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता
शेयर खरिदबिक्री भएको छ।
आजको कारोबार रकम पछिल्लो ५ महिनायताकै उच्च हो। यस अघि
गत भदौ १८ गते नेप्सेमा साढे १३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो।
यस दिन ९ स्टकको शेयर
सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएको सामुदायिक लघुवित्त
वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर
एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ४१ करोड ९७ लाख २
हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएका १३
वटै उपसमूहको परिसूचक बृद्धी भएको छ । जसमध्ये सर्वाधिक ४.९२ प्रतिशतले लघुवित्त
उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता