Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मूल्यमा उच्च गिरावट, आज कति घट्यो तोलामा?

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

मंसिर १०, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मुल्य उच्च दरले घटेको छ ।

आज एकै दिन सुनको भाउ प्रतितोला १५ हजार नौ सय रूपैयाँले घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।  

सुन तथा चाँदीमा लाग्ने कर सरकारले घटाएपछि सुनको मूल्यमा भारी गिरावट आएको हो।

त्यस्तै आज  सोमबार चाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १५ रूपैयाँले घटेको हो  ।

सरकारले सुन आयातमा २० प्रतिशत कर लिदै आएको थियो। सोमबार सुनको मूल्यमा उच्च गिरावट आउनुको कारण मन्त्रिपरिषद्को बैठकले २० प्रतिशत विन्दुले भन्सार दर घटाएर १० प्रतिशत कायम गर्नु नै मानिएको छ । 

चाँदीको भन्सार दर १५ प्रतिशतबाट सरकारले  १० प्रतिशतमा झारेको छ। 

  • न्युज बहार संवाददाता

थप