चैत
६, काठमाडौँ । सर्वोत्तम सिमेन्टको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा
सूचीकृत भएको छ । बुकबिल्डिङ मार्फत सर्वसाधारणलाई शेयर जारी गरेको कम्पनिको शेयर सोमबार नै नेप्सेमा सुचिकृत
भएको हो । कम्पनिको ४ करोड ६५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सले
कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६
रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । आज मंगलबारदेखि सोही आधारमा रहेर कम्पनीको
शेयर कारोबारमा आउनेछ । नेप्सेले कम्पनीको शेयरलाई एसएआरबिटिएम (SARBTAM) कारोबार संकेत प्रदान गरेको छ ।
- न्युज बहार संवाददाता