Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ब्रोडवे इन्फोसिस प्रालि 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट सम्मानित

  •   ३ वर्ष अघि | ५ मंसिर २०८०, मङ्लबार

मंसिर ५, काठमाडौँ । 'एसोसियो एड्टेक अवार्ड २०२३' बाट ब्रोडवे इन्फोसिस प्रालि सम्मानित भएको छ। 

ब्रोडवे इन्फोसिस कम्पनीलाई एसियन–ओसोनियन कम्प्युटिङ उद्योग संगठन (एसोसियो)द्वारा सूचना र सञ्चार प्रविधिको शिक्षा क्षेत्रमा उल्लेखनीय कार्य गर्दै योगदान पुर्‍याएको भन्दै सम्मान प्रदान गरिएको हो।

दक्षिण कोरियाको सियोलमा गत नोभेम्बर १३ देखि १५ तारिखमा आयोजित एक समारोहबीच कम्पनीलाई अवार्ड प्रदान गरिएको हो। 

उक्त समारोहमा ब्रोडवे इन्फोसिस कम्पनिको तर्फबाट प्रबन्ध निर्देशक हरिकृष्ण अधिकारी र व्यवसाय विकास निर्देशक उत्तम अधिकारीले सम्मान लिएका हुन्।

एसिया प्रशान्त क्षेत्रका २४ अर्थ व्यवस्थाका संस्थाहरू एसोसियोमा आवद्ध छन। सूचना र सञ्चार प्रविधिको क्षेत्रमा उत्कृष्ट क्षमता प्रदर्शन गर्दै अएका संस्थाहरूलाई एसोसियो संस्थाले विभिन्न विधामा सम्मान गर्दै आएको छ।

  • न्युज बहार संवाददाता

थप