माघ
६, काठमाडौँ । नेप्से परिसूचक आइतबार साताको पहिलो कारोबार दिन सामान्य अंकले बढेर
बन्द भएको छ।
आइतबार नेप्से परिसूचक १२.५८ अंकले बढेर २६०१.२१ विन्दुमा बन्द
भएको छ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि
बढेको छ । बजारमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्री भएको हो
।
यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा
कारोबार भएको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको
छ।
यस दिन कारोबार रकमका आधारमा एनआरएन
इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन २६
करोड ७६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा
आएका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक
बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।
यस दिन सर्वाधिक
२.५७ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा
पर्यटन,
म्युचुअल फण्ड
र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।
- न्युज बहार संवाददाता