फागुन २४, काठमाडौँ । नयाँ अर्थमन्त्री नियुक्तिपछिको पहिलो कारोबार दिन तथा साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ ।
यसदिन नेप्से परिसूचक
१३.५१ अंक(०.६७ प्रतिशत)ले बढेर २०३०.५५ विन्दुमा बन्द भइएको छ।
नेप्से दोहोरो अंकले बढ्दापनि अघिल्लो कारोबार दिनको
तुलनामा यस दिन कारोबार रकम भने सामान्य घटेको छ। बिहिबार ३०९ स्टकको ४७ हजार ६९९
पटकको कारोबारमा ३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको ८९ लाख २९ हजार कित्ता
शेयर किनबेच भएको छ।
आज पिपुल्स हाइड्रोपावर
कम्पनी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सर्वाधिक
६.२१ प्रतिशतले एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य घटेको छ।
यस दिन नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर कारोबार
रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ५६ करोड २० लाख रुपैयाँ बराबरको
संस्थापक शेयर कारोबार भएको छ।
यस दिन १३ उपसमूहमध्ये ३
उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक १.५६
प्रतिशतले निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ भने कारोबारमा आएका म्युचुअल
फण्ड, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेको हो।
- न्युज बहार संवाददाता