मंसिर
१२, काठमाडौँ । बुधबार साताको चौथो कारोबार दिन नेप्से परिसूचक बढेको छ ।
यस
दिन नेप्से परिसूचक ३९.७० अंक( १.४६ प्रतिशत)ले बढेर २७५६.३६ विन्दुमा बन्द भएको हो
।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि बढेको छ । यस दिन बजारमा ३१६ स्टकको ८८ हजार ९९९ पटकको कारोबारमा ९ अर्ब
३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ८३ हजार कित्ता शेयर
खरिदबिक्री भएको छ।
आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको
छ । यस दिन विशाल बजार कम्पनी
लगायत
अन्य सात कम्पनिको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
मिथिला लघुवित्त
वित्तीय संस्थाको शेयर भने यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा आज
जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनिको आज ३४ करोड १ लाख
रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३
उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक मात्र घटेको छ ।
यस दिन सर्वाधिक ९.२७ प्रतिशतले व्यापार उपसमूहको परिसूचक बढेको छ भने वित्त
उपसमूहको परिसूचक सामान्य घटेको हो।
- न्युज बहार संवाददाता