जेठ ५, काठमाडौँ । जेठ १४ गतेदेखि ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक साधारण शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनिले ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ
अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न
लागेको हो।
कम्पनीको
आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार
कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओको निष्काशन बन्द छिटोमा
जेठ १९ गते हुनेछ भने सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २८
गतेसम्मका लागि हुनेछ।
आईपीओ
निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर
रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा
मध्यम जोखिम रहेको संकेत गर्दछ।
लक्ष्मी
सनराइज क्यापिटल लिमिटेड कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा
सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड
क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी आवेदन
दिन सक्नेछन्।
- न्युज बहार संवाददाता