बैशाख २, काठमाडौँ । पियोर इनर्जी लिमिटेड आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनिले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आज बेलुका ५ बजे सम्म कम्पनिको आईपीओमा आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५
लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर निष्काशन गरेको हो । सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका
लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग
नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। उक्त रेटिङ्गका
अनुसार कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको छ ।
लगानीकर्ताहरुले
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा
वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग
लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो
शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।
- न्युज बहार संवाददाता