Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज राष्ट्रीय धान दिवस तथा दही चिउरा खाने दिन

  •   १ वर्ष अघि | १५ असार २०८२, आइतवार

असार १५, काठमाडौँ। आज असार १५ अर्थात राष्ट्रीय धान दिवस तथा दही चिउरा खाने दिन । प्रत्येक वर्ष असार १५ मा राष्ट्रीय धान दिवस मनाइने गरिन्छ । साथै आजको दिन नेपालीहरुले दही चिउरा खाएर पनि मनाउने गर्छन ।

आजको दिन कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसरी दही चिउरा खानाले शरीरमा शीतलता प्राप्त हुनुका साथै शरिरमा शक्ति सञ्चय हुने विश्वास पनि गरिन्छ ।

नेपाली समाजमा असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा मनाइने गरिन्छ । आजका दिन खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।

त्यस्तै २०६२ साल असार १५ गतेदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको हो । नेपाल कृषिप्रधान देश हो नेपालका अधिकांश मानिसको पेसा खेतीपाती रहेको छ ।

यो महिना किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । 

  • न्युज बहार संवाददाता

थप