Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

हरियो भटमासको मूल्य घट्यो, कति छ अहिले?

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, काठमाडौँ । नेपाली तरकारी बजारमा हरियो भटमासको मूल्य घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा हरियो भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय १५ देखि एक सय २५ रूपैयाँमा कारोबार भएको छ।

व्यवसायीहरूले हरियो भटमासको सिजन सुरू भएकाले मूल्य घटेको बताएका छन।

कालीमाटी बजारमा एक महिनाअघि हरियो भटमास प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय ५० देखि अधिकतम एक सय ८० रूपैयाँमा कारोबार भएको थियो।

अहिले काठमाडौँमा ललितपुर, भक्तपुर, काभ्रे, धादिङ, मकवानपुर लगायतका क्षेत्रबाट भटमास आउने गरेको छ।

  • न्युज बहार संवाददाता

थप