असार १९, काठमाडौँ । शुक्रबारदेखि लागु
हुनेगरी अन्डाको भाउ बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले १० दिनअघि मात्र अन्डाको
मुल्य बढाएको थियो। अब फेरी भोलि शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय
गरेको हो।
संघले
अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँले बढाएको जनाएको छ। नयाँ मूल्यअनुसार अब ठूलो
अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ र मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५
तोकिएको रुपैयाँ छ।
अन्डा
उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको संघका सचिव मदन पोखरेलले बताएका
छन।
- न्युज बहार संवाददाता