विवेकशील साझा पार्टीको शुक्रबारदेखि पहिलो महाधिवेशन सुरू हुँदैछ।
शुक्रबार बिहान १० बजे महाधिवेशन काठमाडौंको
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम छ।
उद्घाटन कार्यक्रमका लागि अन्य राजनितिक पार्टीका
नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जानकारी दिएको छ।
महाधिवेशनका लागि आवश्यक सम्पुर्ण तयारी पूरा
भएको नेता प्रकाशचन्द्र परियारले जानकारी दिए। पार्टीका नेता केशव दाहालको
नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको थियो।
जीवनमा महत्वपूर्ण योगदान गर्ने महाधिवेशनले पार्टी र वैकल्पिक
राजनीतिक अभियानलाई नयाँ चरणमा पुर्याउने तयारी रहेको उनले बताए।