Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस सिजनको चियाको पहिलो टिपाई इलामबाट सुरु

  •   १ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १५, झापा । यस सिजनको चियाको पहिलो टिपाई इलामबाट सुरु भएको छ । इलाम जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु हुन बाँकी रहेको छ ।

चिया कृषकका अनुसार बिगत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो । चियाको पहिलो टिपाइलाई ‘फस्ट प्लग’ भन्ने गरिन्छ । यस यामको चियामा पानीको मात्रा कम हुने भएकाले यसलाई राम्रो चियाका रूपमा लिइन्छ । पहिलो टिपाइबाट तयार हुने चिया उच्च गुणस्तरको हुने भएकाले महँगो मूल्यमा बिक्री हुने गरेको छ ।

चैतदेखि जिल्लाका तल्लो क्षेत्र माई नगरपालिकाको दानाबारी, रोङ गाउँपालिकाको विभिन्न क्षेत्रमा चियाको टिपाइ सुरु हुन्छ । इलाम बजार क्षेत्र र केही माथिल्लो स्थानमा भने भर्खरै चिया पलाउन सुरु भएको छ । माइजोगमाई गाउँ माथिल्लो क्षेत्रमा सन्दकपुर गाउँपालिकाको सुलुबुङ लगायतमा चियाको बोटमा मुना पलाउन थालेका छन् । 

  • न्युज बहार संवाददाता

थप