Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुर्यमुखी खेतीबारे केही जानकारीहरु

  •   २ वर्ष अघि | २ चैत्र २०८१, शनिबार

चैत २, काठमाडौँ । हाम्रो देशमा बर्षे तथा बसन्ते मौसममा लगाउन सकिने वाली हो सुर्यमुखी । तर विचार गर्नु पर्ने कुरा भनेको यसको वीउ रोप्ने उपयुक्त समयको हो । सुर्यमुखीको बर्षे खेतीका लागि जेठको तेस्रो-चौथो हप्ता रोप्नु पर्दछ । त्यस्तै बसन्ते मौसमका लागि फाल्गुनको तेस्रो-चौथो हप्तामा लगाउनु पर्दछ । नेपालमा यो बाली धेरै जसो बसन्ते मौसममा लगाईन्छ र यसको लोकप्रियता पनि बिस्तारै बढ्दै गएको छ ।

सुर्यमुखी वालीको वीउमा ४५–५०% सम्म उच्च गुणस्तरको तेल पाइन्छ । यसको तेलले रगतमा भएको कोलेस्ट्ललाई नियन्त्रित गर्ने भएकाले हृदयरोग तथा मधुमेहका रोगीहरुका लागि लाभकारी मानिन्छ । यसको तेल हल्का पहेंलो,वासना आउने खालको हुन्छ । यसको तेल सबै किसीमको पकवानमा प्रयोगमा ल्याइन्छ ।

सुर्यमुखी उम्रने र बेर्ना हुर्कने समयमा चिसो पन चाहिए पनि त्यस पछि फुल फुल्ने र पाक्ने समयमा गर्मी हावापानी नै उपयुक्त हुन्छ । सुर्यमुखीको राम्रो खेतीका लागि तापक्रम २०–३५ डिग्री सेन्टिग्रड हुनु पर्दछ । दोमट माटो यसका लागि उत्तम मानिन्छ । यसको बालीमा माटोको पि.एच. ६.५ देखि ८..५ सम्म भए उपयुक्र मानिन्छ भने माटोमा पानी जम्नु राम्रो हुँदैन ।

  • न्युज बहार संवाददाता

थप