Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

'दिगो पर्यटन परियोजना (एसटिपी)' नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

  •   २ वर्ष अघि | ८ चैत्र २०८१, शुक्रबार

चैत ८, काटमाडौँ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडिपी–नेपाल) र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा 'दिगो पर्यटन परियोजना (एसटिपी)' नामक नयाँ परियोजना सुरू गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

आज शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुका र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

बोर्डका सिइओ जोशी र युएनडिपी–नेपालकी आवासीय प्रतिनिधि योकोसुकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र युएनडिपीको एसिया र प्यासिफिक क्षेत्रीय निर्देशक क्रिस्टोफ बहुइटको उपस्थितिमा सम्झौतापत्र आदानप्रदान गरेका हुन्।

मन्त्रालयका सचिव सिंहका अनुसार स्थानीय समुदायका लागि रोजगारी र जीविकोपार्जनका अवसर सिर्जना गर्ने उद्देश्यसहित पर्यटन सेवासुविधा सुधार, पर्यटन कार्यबललाई सीपमूलक तालिम र पर्यटकीय गन्तव्य यो परियोजनाको रहेको छ । 

  • न्युज बहार संवाददाता

थप