Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपालमै स्वरोजगार, सागसब्जीखेतीबाट वार्षिक १२ लाख आम्दानी

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, सुनसरी । सुनसरी जिल्ला रामधुनी नगरपालिका–२ स्थानिय किसान सुरकुमार राई विदेशबाट फर्किएर नेपालमै स्वरोजगार बनेका छन । उनी अहिले नेपालमै स्वरोजगार किसानको एक उदाहरण बनेका छन ।  उनले रु ३० हजार लगानीमा सुरु गरेको सागसब्जीखेतीबाट अहिले वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् । 

उनले विसं २०७६ सालमा रामधुनी कृषि फार्म दर्ता गरे अनि अहिले १२ कट्ठा जमिनमा गोलभेँडाखेतीसँगै अन्य सागसब्जी समेत खेती गरिरहेका छन् । उनको बारीमा अहिले गोलभेँडासँगै बोडी, सिमीलगायत सागसब्जी लहलहाएका छन् ।

दैनिक ज्यालादारीमा  तीन जना कार्यरत रहेको उनको बारीमा अहिले गोलभेँडाको सिजन अलि कम हुँदै गएका कारण तीनजना मात्र कामदार छन, गोडमेल, मल हाल्ने मुख्य सिजनको समयमा १० जनासम्म कामदार रहने गरेका छन ।

उनले उत्पादन गरेको सागसब्जी बिक्रीका बजारको चिन्ता नभएको उनले बताएका छन । उनका अनुसार साग सब्जी बजार लानु पर्दैन, खरिद गर्न व्यापारी आफैँ फार्ममा आउँछन ।

  • न्युज बहार संवाददाता

थप