Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फाप्लु–काठमाडौँ हवाई पुन: सुरु, हप्तामा चार दिन उडान हुने

  •   १ वर्ष अघि | १३ जेष्ठ २०८२, सोमवार

जेठ १२, काठमाडौँ । काठमाडौँबाट सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलमा सातामा चार दिन नियमित उडान हुने भएको छ।

साताको चार दिन नेपाल एयरलाइन्सले उडान गर्न थालेको हो।

अब हरेक सोमबार, बुधबार, शुक्रबार र शनिबार नेपाल एयरलाइन्सको जहाजले उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ।

यसअघि लामो समयदेखि नेपाल एयरलाइन्सको जहाजमा आएको प्राविधिक खराबीका कारण अवरुद्ध भएको फाप्लु–काठमाडौँ हवाई सेवा पुनःसञ्चालन भएको हो।

जहाज मर्मत सम्पन्न भएसँगै पुनःउडान सञ्चालन सम्भव भएको प्राधिकरण फाप्लुका वरिष्ठ अधिकृत भानुभक्त आचार्यले जनाएका छन।

 

  • न्युज बहार संवाददाता

थप