Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१७.२८ अंकले बढेको नेप्सेमा कारोबार रकम भने घट्यो

  •   २ वर्ष अघि | २८ फाल्गुन २०८१, बुधबार

फागुन २८, काठमाडौँ । बुधबार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

यसदिन नेप्से परिसूचक १७.२८ अंकले बढेर २७३६.४८ विन्दुमा बन्द भएको हो । 

नेप्से बढेपनि यस दिन कारोबार रकममा भने सामान्य गिरावट आएको छ । बजारमा यस दिन ३२३ स्टकको ७९ हजार २३६ पटकको कारोबारमा ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँबराबरको २ करोड २९ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन सर्वाधिक ९.७९ प्रतिशतले पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढेको छ भने सर्वाधिक १० प्रतिशतले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ ।

यस दिन कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनिको बैंकको यस दिन ८१ करोड ३६ लाख रुपैयाँबराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ ।

यस दिन सर्वाधिक १.७६ प्रतिशतले लगानी उपसमूहको परिसूचक बढेको छ ।

यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेका छन ।

  • न्युज बहार संवाददाता

थप