वैशाख १५, सुनसरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ का युवराज भट्टराईले मौरीपालन गरेर राम्रो आम्दानी गरिरहेका छन । उनले मौरिपालनबाटै उनले वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन्।
उनका
अनुसार मौरी चरनका लागि मौसम अनुकूल भएमा मह धेरै उत्पादन हुन्छ।
भट्टराई अहिले
आधुनिक प्राविधि प्रयोग गरी मौरीपालनबाट मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने राम्रो उदाहरण
बनेका छन् ।
विसं
२०७२ मा बुवाकै सल्लाहमा उनले मौरीपालन सुरु गरको थिए । हाल उनकोमा ६२ घार मौरी रहेका छन । उनले युरोपेली मेलिफेरा
जातको मौरीपालन गरिरहेका छन्। भट्टराईका
अनुसार उनले वार्षिक नौ देखि १२ क्वीन्टलसम्म मह उत्पादन गर्ने गरेका छन । उक्त उत्पादनबाट
उनले वार्षिक आठ लाख बढी आम्दानी गरिरहेका छन ।
भट्टराईले सुरुमा मह उत्पादन भएपनि बजारको समस्या रहेको बताएका छन । अहिले भने त्यो समस्या समाधान भएको उनले जनाएका छन । मौरीलाई दैनिक स्याहार्नु नपर्ने भट्टराईको भनाई छ।
उनका अनुसार चार/पाँच दिनमा घारको अवस्था, मौरीको सक्रियता, खानको लागि फूलको रस पुगेको छ कि छैन, रोग लागेको छ कि छैन भनेर निगरानी गर्दा हुन्छ ।