माघ २५, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी
शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड बालकोट
पुगेका छन् ।
ओलीको निवास बालकोटमा जारी भेटवार्तामा राष्ट्रपति निर्वाचन, समसामयिक
राजनीतिक परिस्थिति, मन्त्रिपरिषदलाई
पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।
एमालेले गृह मन्त्रालय राष्ट्रिय
स्वतन्त्र पार्टीलाई दिनुपर्ने र राष्ट्रपति आफूले पाउनुपर्ने भन्ने अडानमा राखेको छ । तर रास्वपा भने सरकारबाट बाहिरीसकेको छ ।
केही महत्वपूर्ण मन्त्रालय र सभामुख पद पाइसकेको नेकपा एमाले भने
प्रधानमन्त्री प्रचण्डलाई फकाएर राष्ट्रपति पद पनि हात पार्ने रणनीतिमा देखिएको छ भने यता
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति आफुले
रोजेको व्यक्तिलाई बनाउन चाहेका छन् । यसमै भागभण्डा
नमिलेको कारण वर्तमान सत्ता गठबन्धन संकटमा पर्न सक्ने अनुमान धेरैले गर्न
थालेका छन ।