Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

दुधमा आत्मनिर्भर काभ्रे जिल्ला

  •   १ वर्ष अघि | १८ असार २०८२, बुधबार

असार १८, काठमाडौँ । काभ्रे जिल्ला दुधमा आत्मनिर्भर भएको छ। आत्मनिर्भर भएपछी काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ।

काभ्रे जिल्लामा केही वर्षदेखि वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात् १४ करोड ९२ लाख ८० हजार लिटर दूध उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ।

जिल्ला पशु सेवा कार्यालयका अनुसार जिल्लामा वार्षिक एक लाख ४९ हजार २८० मेट्रिक टन दुग्ध उत्पादन हुने गरेको छ । दुग्धमा आत्मनिर्भर यस जिल्लामा भैंसीबाट मात्र एक लाख ३८ हजार ४९९ र गाइबाट एक लाख ४७ हजार ८७४ गाई परिमाणमा दूध उत्पादन हुने गरेको छ । कुल गाईमध्ये हालको अवस्थामा ४३ हजार १०७ दूधालु गाई र ५९ हजार ३२० दूधालु भैंसी रहेका कार्यलयले जनाएको छ ।

पछिल्लो समय जिल्लामा दुग्धको बिक्रीबाट जिल्लामा भित्रने रकमबारे आधिकारिक तथ्यांक संकलन भइरहेको र जिल्लाको पनौती, बनेपा, मण्डनदेउपुर र पाँचखाल नगरपालिकामा सबैभन्दा बढी दूध उत्पादन हुँदै आएको कार्यालय प्रमुख डा सृजा वाग्लेले जनाएका छन।

जिल्लामा उत्पादित कुल दूधमध्ये ७० प्रतिशतको हाराहारीमा अन्य जिल्लामा आपूर्ति भइरहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघले जनाएको छ। संघका अध्यक्ष नारायणप्रसाद बडालका अनुसार जिल्लामा उत्पादित दूध तथा दुग्धजन्य पदार्थमध्ये ३० प्रतिशत जिल्लामा खपत हुने गरेको र बाँकी काठमाडौंलगायत अन्य जिल्लामा पनि दूध पठाइने गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप