Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री

  •   १ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

जेठ २८, काठमाडौँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनमा कर वृद्धि हुने सूचना पहिले नै चुहाएको भन्ने आरोप निराधार रहेको बताएका छन्। उनले उक्त आरोप प्रमाणसहित पुष्टि गर्न सकिए आफू सार्वजनिक जीवनबाटै अलग हुन तयार रहेको स्पष्ट पारे।

बिहीबार बिहान सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो आरोपलाई आधारहीन भन्दै अस्वीकार गरे। उनले प्रमाण प्रस्तुत गर्न सके आफू जवाफदेही हुन तयार रहेको बताए।

वाग्लेले आफूले कुनै आर्थिक अनियमितता नगरेको दाबी गर्दै, दुई अर्ब वा खर्बको मात्र होइन, दुई रुपैयाँ बराबरको पनि गलत काम गरेको प्रमाणित भए अर्थमन्त्री र सांसद पद मात्र नभई सम्पूर्ण सार्वजनिक जीवन त्याग्न तयार रहेको उल्लेख गरे।

उनले अन्य सांसदहरूलाई पनि आफ्नो जस्तै जवाफदेहिता र आत्मविश्वास देखाउन शुभकामना व्यक्त गरेका छन्।

  • न्युज बहार संवाददाता

थप