जेठ १४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ
भने चाँदीको मुल्य बढेको छ।
सुनको
भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ८९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज नेपाली बजारमा चाँदीको मूल्य
भने बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदीको मुल्य प्रतितोला १० रूपैयाँले
बढेको हो।
आज चाँदी प्रतितोला दुई हजार पाँच रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता