असार १० काठमाडौँ । आगामी आर्थिक वर्ष
२०८०/८१ का लागि काठमाडौँ महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार
रुपैयाँको बजेट ल्याएको छ ।
पुँजीगततर्फ
१६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ र चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार
विनियोजन गरिएको छ । पुँजीगततर्फ ६६.२८ प्रतिशत र चालुतर्फ कुल बजेटको ३३.७२ र बजेट
छुट्याइएको छ
आज आइतबार नगरसभाको बैठकमा उपमेयर सुनीता डंगोलले प्रस्तुत गरेको
बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको अहिलेको बैंक मौज्दात ११ अर्ब ७५ करोड
रुपैयाँ रहेको छ ।
- न्युज बहार संवाददाता